सारा तथानाम भित्र
बेलगाम साँढेहरु झै बग्रेल्ती मात्तिन्छ
वीकेन्डको सिड्नी र सारा आकाशनै उचालुँला झै
लमतन्न पसारिन्छन वालुवामा यौवनका हुट्टिट्यौहरु ।
जत्ती सक्यो टास्सिनै पर्छ
सकेसम्म मात्तिनै पर्छ
कठिन भइरहन्छ यावत छुट्ट्याउन
कठोर बियर हो या म्वाइ
समानान्तर नशामा चिप्लिक्क रुझेको हुन्छ
वीकेन्डको सिड्नी र सारा आकाशनै उचालुँला झै
लमतन्न पसारिन्छन वालुवामा यौवनका हुट्टिट्यौहरु ।
के रात के दिन
अग्ला अग्ल महलहरु माझ
असन्ख्य बैशहरुसित लठारिन्छ
सभ्याताको बेहिसाब कसिमा
उदाङगै नाचिरहन्छ डिस्को र क्लबहरुमा
वीकेन्डको सिड्नी र सारा आकाशनै उचालुला झै
लमतन्न पसारिन्छन वालुवामा यौवनका हुट्टिट्यौहरु !!!
No comments:
Post a Comment