आफ्ना एक कार्यकर्ताको हत्या भएको आरोप लगाउँदै हिजै वाईसीएल सडकमा उत्रिसकेको थियो- उग्र रुपमा। आज त घोषित रुपमा उपत्यका बन्दै गराए। हातमा रड लिएर सडकमा बसेका वाईसीएल कार्यकर्ताको उग्रताबाट चिकित्सक, सञ्चारकर्मी, रिक्सा चालकसमेत बच्न सकेनन्। जनतालाई दुःख दिएर जनताका लागि भनेर गरिएको बन्द सफल भयो रे। असफल त जनता भए। दुःख त जनताले पाए।सबै फोटो बालाजुमा खिचिएका हुन्। फोटो सौजन्यः नुरिङ्गमणीविनोद
उता, सरकार भने मन्त्रालय बाँड्न नसकेर बैठक बस्दै ठीक छ। आज दिनभर बालुवाटारमा बसेको दलहरुको बैठक राति बिना निश्कर्ष टुंगियो। तमलोपालाई तीन वटा मन्त्रालय चाहिने रे। सदभावनालाई दुई वटा चाहिने रे। कहाँबाट ल्याउनु त्यत्रो मन्त्रालय। काँग्रेसलाई दिनलाई त मन्त्रालय टुक्राइसकियो ! यो बन्दको आतंकबाट मुक्ति पाउने कहिले होला हामीले ?सत्तामा हुँदा माओवादीले कम्तिमा दुई वर्ष बन्द नगर्ने राजनीतिक सहमतिको खाँचो रहेको बताउने गर्थ्यो। के सत्ताबाट हट्दैमा त्यो कुरा आवश्यक भएन अब ? सत्तामा हुँदा बन्द गर्नु हुँदैन भन्ने अनि सत्ताबाट हटेपछि आफै बन्द गर्दै हिँड्ने अरु दल र माओवादीमा के फरक रह्यो र !

No comments:
Post a Comment