Friday, June 26, 2009


माइकल ज्याक्सनलाई सम्झँदा !!
कति नेपालको राजनीतिको मात्र कुरा गर्नु, आज कुरा गरौँ एउटा त्यस्तो पात्रको, जसले विश्वका सबैलाई आफ्नो तालमा नचाएका थिए। हजुर, आधा शताब्दी लामो जीवन बिताएर आजै बिहान निधन भएका माइकल ज्याक्सन त्यसो त आफ्नो जीवनको उत्तरार्द्धमा आएर निकै विवादमा परे। तर रंगभेद कायम रहेको त्यो बेलाको समयमा गरिब कालो परिवारमा जन्मिएर देशको सीमा नाघेर विश्वभर अंग्रेजी पप संगीतलाई लोकप्रिय बनाए उनले। विश्वलाई सांस्कृतिक रुपमा अमेरिकीकरण गराउने अभियानमा उनको प्रभावलाई कम आँक्न मिल्दैन। असीको दशकमा नेपालमा पनि निकै लोकप्रिय थिए उनी। हाम्रो घरमा माइकल ज्याक्सनका फोटोहरु मात्र छापिएको एउटा म्यागेजिन थियो। असीको दशकमा हामी त्यो हेरेर निकै दंग पर्थ्यौँ।
कसरी नाच्ने होला है त्यस्तोसँग ? हामी अचम्ममा पर्थ्यौँ।

उनको बहुचर्चित थ्रिलर एल्बमको म्युजिक भिडियो पहिलो पटक मैले एमटीभीमा हेरेको थिएँ। त्यो हरर मुभी स्टाइलको म्युजिक भिडियोबाट निकै आकर्षित भएको थिएँ म। भीसीआरमा रेकर्ड गरेर त्यो म्युजिक भिडियो अनगिन्ती पटक मैले हेरेको थिएँ।





No comments:

Post a Comment