
हाम्रा पुर्खाले नेपालका लागि धेरै लडे , बलिदानी दिए । हाम्रा आमा दिदी हरुले पानी समेत नपिएर रात दिन लडेर जोगाएको हो यो देश । नालापानिको ताजा ईतिहास त हामी सबैलाई थाहा नै छ । ७० बर्षे भक्ती थापा देखी लिएर सबै नरनारिहरुले कती सास्ती भोगेर बच्चाइदिएको माटो हो हाम्रो । आज भारतको गिद्दे दृष्टि परेको छ हाम्रो पवित्र भुगोल माथि ।हाम्रा दाजु भाई हरु कोही ब्रिटिसका लागि लडे, कती भारतकै लागि पनि लडे , कती त बर्मा र इन्डोनेसियाका जङलमा पानी समेत खान नपाएर पनि बिदेशी का लागि लडे । कोही अहिलेसम्म पनि इराक, र अफगनिस्थानमा लड्दैछन - फगत अरुकै लागि । तर अब आफ्नो देश का लागि लड्नु पर्ने बेला आएको छ । नेपाल फर्किने बेला भएको छ । फेरी एक पटक पुर्खाले रचेको त्यो सुन्दर ईतिहास लाई दोहोर्याउनु परेको छ । अनी मात्र हाम्रा सन्ततिहरुले सीर उचो बनाइ बस्न पाउने छन। ….
म पनि भन्छु - “फर्क हे फर्क नेपाली तिमीलाई हिमाल डाक्दछ …”
No comments:
Post a Comment