नेपालका अदालतमा स्वच्छ रुपमा न्याय सम्पादन हुन सकिरहेको छैन भनेर त न्याय क्षेत्रले नै भनिरहेको कुरा हो। यसमा सुधार गर्ने आश्वासन, प्रयास जारी छ भन्ने गरिन्छ। तर आज पत्रपत्रिकामा छापिएको एउटा खबरले भने त्यस्तो प्रयास अझै पनि अपुग भएको स्पष्टै भएको छ।
कुरा काठमाडौँका चर्चित डन राजु गोर्खालीको हो। नौ वर्षअघि रोयल डिस्कोमा तरबारले हानेर बेबिलोन डिस्कोका सञ्चालक राकेश लिम्बुको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई मोस्ट वान्टेड अपराधीको रुपमा राखी खोजतलास गर्दै थियो। प्रहरीले प्रत्यक्षदर्शीहरु पनि प्रशस्तै जुटाएको थियो। राजनीतिक दबाबलाई पनि पटक्क नटेर्ने प्रहरी अधिकारी भनिने एसपी नवराज सिलवालको नेतृत्वमा आइतबार साँझ प्रहरीले कमलपोखरीबाट उनलाई गिरफ्तार गर्यो। तर उनीहरु त्यतिबेला तीन छक्क परे, जब थाहा पाए कि यी मोस्ट वान्टेड भनाउँदा त तीन महिना पहिले नै अदालतमा साधारण तारिखमा रिहा भइसकेका रहेछन्।जुन मुद्दामा मोस्ट वान्टेड भन्दै पक्रिएको थियो, त्यो मुद्दामा जिल्ला अदालतले उनलाई पहिले नै साधारण तारेखमा रिहा गरिसकेको हुनाले अहिले सार्वजनिक अपराध मुद्दा दायर गरी छ दिन हिरासतमा राख्ने म्याद थपेको रहेछ। कारण- पक्रने बेलामा प्रहरीमाथि हातपात र अपशब्द प्रयोग गरेको।
आजका पत्रपत्रिकामा उल्लेख भए अनुसार प्रहरीलाई समेत थाहै नदिई काठमाडौँ जिल्ला अदालतमा सुनुवाई हुँदा न्यायाधीश हेमराज पन्तको इजलासले प्राप्त प्रमाणका आधारमा उनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको रहेछ।
यही कान्डमा अर्का अभियुक्त उमेश गुरुङ यही मुद्दामा जन्मकैद भुक्तान गरिरहेका छन्। सहअभियुक्त चाहिँ जन्मकैदमा मुख्य अभियुक्त चाहिँ साधारण तारेखमा रिहा।
हत्या २०५९ माघ ४ मा भएको थियो। तर गोर्खालीले माघ ३ गते नै ५ बजे गोरखा एयरलाइन्सबाट सिमरा गएको टिकट प्रमाण देखाएछन्। त्यहाँ पुगेर बिरामी भई कलैया अस्पतालमा उपचार गराइरहेको कागजात पनि देखाइदिएछन्।
अनि डिस्को मै काम गर्ने त्यत्रा मान्छ्ले दिएको उनीविरुद्धको बयान ? त्यो त तलब नबढाइदिएकोले त्यसो भनेका रे, उनले बयानमा त्यसै भनेछन्।
अदालतको प्रक्रिया लामो, झण्झटिलो हुने गर्छ। तर कान्तिपुरमा छापिएको समाचार अनुसार यसमा त ‘जाहेरवाला पक्षलाई नझिकाई एकै दिनमा सबै कानुनी प्रक्रिया पूरा गरिएको’ रहेछ।
खासमा उनलाई प्रहरीले पक्रेर अदालतमा पेश गर्नुपर्ने थियो। तर प्रहरीलाई थाहै नदिई उनी त अदालतमा पेश भइसकेर पनि साधारण तारेखमा रिहा भएर अझ प्रहरीसँग लुकेर बसिरहेका रहेछन्।
गज्जबै छ है नेपालमा पनि। कुरो सुन्दा नि अचम्म लाग्ने।

No comments:
Post a Comment