Monday, July 30, 2012

मनै छुने मनास्लु

- ल्हाक्पा छिरीङ शेर्पा 
Source : Online khabar.com

किलर माउनटेनले  (Clear MT.) प्रख्यात छ मनास्लु हिमाल । विश्वको आठौ तथा नेपालको सातौं अग्लो हिमाल मनास्लु अन्य हिमाल भन्दा चढन निकै गाह्रो भएका कारण यसलाई किलर माउन्टेन भन्ने गरिन्छ ।
पहिलो पटक सन् १९५३ मा जापनी पर्वतारोहीले मनास्लु हिमाल आरोहण गरेका कारण पनी यो हिमाललाई जापनीज हिमाल भनेरे चिनिन्न छ । यो हिमाल आरोहण गर्न जती गाह्रो छ त्यतीनै रमाईलो पनि हुन्छ । सगरमाथा भन्दा मनास्लु हिमाल आरोहण गर्न गाह्रो भएको मेरो अनुभव छ ।

हिमाल आरोहण गर्न गाह्रो भएपनि यो क्षेत्रको हिमाली दृश्य, ताल, जंगली जनावर तथा यहाँको सँस्कृती लगायतले गर्दा यो क्षेत्र निकै आकर्षक छ । मनास्लु पदमार्ग अन्तगर्त गोरखाको साम्दो, सामागाउँ हुँदै लार्के पास गरेर मनाड पुग्ने पदमार्ग पनि निकै मनमोहक छ । यो पदमार्ग अन्नपुर्ण पदमार्गमा गएर जोडिन्छ । यहाँ विस्तारै-विस्तारै पर्यटकको सँख्यामा बृद्धि भइरहेको छ ।




सगरमाथा आरोहणका लागि सेवा तथा सुविधा र पूर्वाधारहरु तयार छन, बिश्वकै ध्यान खिचेको छ तर मनास्लु क्षेत्रमा त्यस्तो छैन् । मनास्लु आरोहणका लागि लमजुड र गोरखाको बाटो उपयुक्त हुन्छ । धेरैजसो गोरखाको बाटो जाने गर्दछन् तर लमजुडको बाटो उत्तम छ ।

तस्विरः ल्हाक्पा छिरीङ शेर्पा/भरतबन्धु थापा
















No comments:

Post a Comment