Monday, July 30, 2012

मनिषा र सम्राटबीच सम्बन्ध विच्छेद !


 काठमाडौं, १४ साउन विवाह र त्योसँगै हुने खटपट फिल्मी ‘रिल‘को दुनियामा काम गर्नेहरुका लागि सामान्य भइसकेको छ । विवाहपछिको खटपटबाट सम्बन्ध विच्छेद हुने सूचिमा वलिउडकी चर्चित नायिका मनिषा कोइराला पनि थपिएकी छन् ।

हनिमुन सकिएसँगै खटपट सुरु भएको भएको नायिका मनिषा कोइरालाको दाम्पत्य जीवन औपचारिक रुपमा टुटेको खवर आएको छ । यसअघि सामाजिक संजाल र संचारमाध्यममा वैवाहिक  सम्बन्धबारे तितो पोख्ने गरेकी मनिषाले पति सम्राट दाहालसँग डिभोर्सगरेको भारतीय संचारमाध्यमहरुले दावी गरेका छन् ।

भारतीय पत्रिका टाइम्स अफ इन्डिया र अमर उजालाले मनिषाको नजिकको साथीको हवाला दिंदै उनीहरु छुट्टीसकेको दावी गरेको छ । २०६७ असारमा पर्यावरण इन्जिनियर सम्राट दाहालसँग बिबाह गरेकी मनिषाले दुई बर्षै दाम्पत्य जीवन तोडेकी छन् । सम्बन्ध विच्छेद के कारणले भयो पत्रिकाले खुलाएका छैनन । 

No comments:

Post a Comment