![]() |
ती यादहरु भुलाउन, केही बेर् त लाग्छ साथी !
यी आखाँहरु निदाउन, केही बेर् त लाग्छ साथी !
यती सजिलै भुल्न कोही, सकिन्न रहेछ काँहा,
यो दिललाई सम्झाउन, केही बेर् त लाग्छ साथी !
जब कसैको याद यसै, भर्दिन्छ आँखामा मोती,
ती आँशुहरु लुकाउन, केही बेर् त लाग्छ साथी !
यो मन रुन्छ पल-पल, सम्झेर मुहार उन्को,
ती झुटा हाँसो देखाउन, केही बेर् त लाग्छ साथी !
होईन ढुङ्गा मेरो मन, सकिन कठोर बन्न,
पिडा मन मै दबाउन, केही बेर् त लाग्छ साथी !
ऊ टाढा भयो आज हेर, जो थियो मुटुको माझ,
यो मुटुलाई बताउन, केही बेर् त लाग्छ साथी !
नाँची रहन्छ यी आँखामा, अझै नी प्रतिमा उन्को,
'प्रखर' माया मेटाउन, केही बेर् त लाग्छ साथी !
Copyright © जेठा दाई 'प्रखर' !!

No comments:
Post a Comment