बिहानै एक जना साथीले आफ्नो वेबसाइटको लिङ्क राखेर ट्विट गरे- संसार ध्वस्त हुन दुई साता बाँकी !!!!! प्रधानमन्त्रीले समेत संसार ध्वस्त हुने भविष्यवाणी गरेपछि नागरिकमा त्रास।
संसार ध्वस्त हुन दुइसाता बाँकी !!!!! प्रधानमन्त्रीले समेत संसार ध्वँस्त हुने भविष्यबाँणी गरेपछि नागरिकमा त्रास । dainikpatrika.com/2012/12/world-…
हेरेको त हो रहेछ। संसार ध्वस्त भएरै छाड्ने: अस्ट्रेलियाली प्रधानमन्त्री शीर्षकमा समाचार छापिएको रहेछ त्यहाँ। समाचार पढ्न यहाँ क्लिक गर्नुस्।
लौ न यो के भएको भनेर ट्विट गर्दा यस्तो जवाफ आयो-
7 Dec 12
लु हेर कान्तिपुर fm ले हल्ला फैलाको, Australian pm को spoof video लाई साँच्चिकै झैं समाचार बनाएर :) m.radiokantipur.com/index.php?page… @acharyapawan
@salokya साभार: aunepal.com अन्लाईनमा यसो रोचक प्रसँग हाल्ने गरेका हौँ .. रेडियोमा बजाउने गरेका छैनम :)
के लेखिएको छ त समाचारमा ?
संसार ध्वस्त भएरै छाड्ने अस्ट्रेलियाली प्रधानमन्त्रीको दाबीयो समाचारसँगै हेर्नुहोस् गिलार्डको भिडियो सन्देश भन्दै यो भिडियो पनि राखिएको छ-
सिड्नी, ७ डिसेम्बर (एयुनेपाल) अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले संसारको अन्त्य अवश्यंभावी रहेको भन्दै यस्तो प्रलयको दिन नजिकिइरहेको बताउनुभएको छ । यो वर्षको डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने हल्ला चलिरहेको अवस्थामा एक भिडियो सन्देशमा गिलार्डले अस्ट्रेलियाली जनतालाई सम्बोधन गर्दै माया पात्रोको भविष्यवाणी सही रहेको र संसार ध्वस्त हुने पक्का रहेको दाबी गर्नुभयो । संसार कुन हिसाबले ध्वस्त हुन्छ भन्ने कुरा थाहा नभएपनि यो अवश्य नास हुने गिलार्डको भनाइ छ ।
यसैबीच संसार ध्वस्त हुने भनिएको डिसेम्बर २१ नजिकिँदै गर्दा मायावी विश्वको केन्द्र मानिने ग्वाटेमालामा विदेशी पर्यटकको घुइँचो बढेको छ । ग्वाटेमालामा डिसेम्बर २० र २१ मा विश्व मानवताको नयाँ विहानी शिर्षकको विश्व सम्मेलन हुँदैछ । माया पात्रोका अनुसार डिसेम्बर २१ का दिन अहिलेको विश्व ध्वस्त हुन्छ र नयाँ संसारको सिर्जना सुरु हुन्छ । एयुनेपालको साइटमा यसरी छापिएको थियो हेर्नुस्
खासमा कुरा चैँ के हो त ?
अब यो समाचार हेर्दा मान्छेलाई के लाग्छ ? आम्मै अस्ट्रेलियाको प्रधानमन्त्रीले समेत यस्तो भनेछ है। भनेपछि साँच्चै ध्वस्त हुने त होला। आतंकै मच्चिन्छ नि। तर यो समाचारमा एउटा प्रमुख कुरा छुटाइएको छ। त्यो के हो भने जुलिया गिलार्डको त्यो भिडियो spoof भिडियो अर्थात् प्यारोडी भिडियो हो। यहाँ क्लिक गरी हेर्नुस्, विश्वका विभिन्न मिडियाले यसलाई समाचार बनाउँदा यो प्यारोडी भिडियो हो भनेर स्पष्ट उल्लेख गरेका छन्।वास्तवमा यो एउटा रेडियो स्टेसनको ब्रेकफास्ट शोको प्रचार अभियानको एउटा अंश मात्रै हो। प्रधानमन्त्री गिलार्डका प्रवक्ताले समेत ‘वर्षको अन्त्यमा हसाउँन खोज्या हो, अरु केही हैन’ भनेका छन्। यो सब कुरालाई लुकाएर प्यारोडी कुरालाई साँच्चिकै झैँ प्रस्तुत गर्नेको मनसाय के हो त ?
हल्लाखोरहरु अरु तिर नि छन्
यस्ता हल्लाखोरहरुले अहिले फेसबुकतिर पनि खुब आतंक फैलाउन खोजेका छन्। फेसबुकतिर यस्तो मेसेज सेयर भइरहेका छन्-
मान्छे कुरा बुझ्नु न सुझ्नु यस्तै मेसेजलाई सेयर गर्दै हल्ला फैलाइरहेका छन्। अझ केही अघि त सीएनएनको सिटिजन जर्नलिज्म साइट (जहाँ जसले पनि जे पनि न्युज राख्न सक्छ) लाई कोट गरेर तर्साइरहेका थिए। यसमा अमेरिकाको नासाको कुरा ल्याइए पनि नासाले त्यस्तो कुनै भविष्यवाणी गरेको छैन।नासाले त सन् २०१२ मा विश्व किन ध्वस्त हुँदैन भनेर तर्कसहितको आर्टिकलै राखेको छ। हल्लाखोरहरुले एक पटक यो पढौँ-
Beyond 2012: Why the World Won’t End
total blackout of planet,” “alignment of the universe,” “shift from the current third dimension to zero dimension,” जस्ता कुराहरु वाहियात हल्ला बाहेक केही हैनन्। यो पनि हेर्नुस्।
केही मानिसलाई विश्व ध्वस्त पार्न आतुरी भएको छ। चाहे साँच्चिकै होस् वा नहोस्। भगवान त्यति मूर्ख छैनन्, यस्ता पापीहरुलाई यति सजिलै मृत्यु दिन। हामी पापी मान्छेहरुले बाँचेरै अझै धेरै समय ‘नर्क’ भोग्नुपर्नेछ, सर्टकट बाटो छैन हजुर
Source : Mysansar.com



No comments:
Post a Comment