केहि खान मुग्लिनमा बस रोकियो, एउटा सानो केटो गीत गुन्गुनाउदै थियो,त्यही
छेउको होटेलमा । म खान छोडेर निस्के अनि उसलाई उसलाई सोधे मेरो लागि कुनै
गीत गाऊछौ ।
उसले हुन्छ भन्ने बित्तिकै साथीहरु क्यामेरा लिएर निक्ले ।
गीत गाएपछि रियाज गर्छौ भनेर सोध्दा "त्यस्तो ठाउँ नै छैन ।" भनेर उत्तर दिए उनले । जान्छौ त काठमाडौँ म संग । मैले भने "पढ्ने र रियाज गर्ने पैसा मेरो पकेट मनी बाट जसरी भए पनि मिलाउछु" । कति भन्दा पनि उसले मानेन । "तिम्रो नाम के हो" भन्दा प्रेम परियार हो भनेर जवाफ दिए । पछाडी खोला पारी बस्छु भनेर औलाले देखाए उनले । त्यसपछि हामी यो भिडियो र उसको सम्पर्क नम्बर लिएर घर फर्कियौ |
अनि, हजुरहरुसंग सानो अनुरोध गर्छु कृपया यो भिडीयोलाई सके सम्म धेरै सियर गरेर सहयोग गर्दिनुहोला |
More VDOS:
Source: YOUTUBE.COM barred Timsina
"'हाम्रा कति शेक्सपियरहरु पहाडमा हलो जोत्दै होलान्' भनेर महाकवि देवकोटाले त्यसै भनेका होइनन्।
कतै कुनै तालिन नलिएको यो नेपाली बालकको आवाजको मिठास, गायनमा रहेको सहजता, स्वरमा रहेको लचकता विरलै भेटिने प्रतिभा हो।
कुनै दिन यी भाई ठूलो गायक बनेको देख्न पाइयोस! यो भिडियो YouTube मा अपलोड गर्ने मित्रको जय होस्!"

No comments:
Post a Comment