सम्पन्नताको विश्वव्यापी सूचकाङ्कमा नेपालको स्थान विगत तीन वर्षमा
लगतार खस्कँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ। लेगाटम इन्स्टिच्युटले
वर्षेनी निकाल्ने यस्तो सम्पन्नताको सूचिमा विश्वका १४२ देश मध्ये नेपाल यो
वर्ष १०८ औँ नम्बरमा परेको हो।
अर्थतन्त्र, शिक्षा, सुशासन, स्वास्थ्य,
व्यक्तिगत स्वतन्त्रता, सुरक्षा जस्ता विषयलाई आधार बनाएर बनाइएको सूचिमा
यो वर्ष पहिलो पटक अमेरिका टप टेनबाटै बाहिरिएको छ।नेपाल यो वर्ष
अघिल्लो वर्षभन्दा १५ अङ्कले खस्किएर १०८ मा पुगेको हो। परार नेपाल ९१ मा
थियो भने सन् २००९ मा ८८ औँ नम्बरमा। नेपालभन्दा ५ अङ्कमाथि बंगलादेश रहेको
छ भने त्योभन्दा दुई स्थानमाथि भारत रहेको छ। नेपालभन्दा मुनि अधिकांश
अफ्रिकी राष्ट्र छन्। दक्षिण एसियाली देश पाकिस्तानको स्थान नेपालभन्दा
निकै मुनि १३२ मा छ। त्यसैगरी अफगानिस्तान उल्टोबाट तेस्रो (१४० औँ) छ।
सम्पन्नताको सूचिमा स्क्यान्डिनेभिएन देशहरु शीर्ष स्थानमा छ। नर्वे पहिलो,डेनमार्क दोस्रो र स्वीडेन तेस्रो नम्बरमा छ। अस्ट्रेलिया चौथोमा छ भने न्युजिल्यान्ड पाँचौँमा छ।
क्यानाडा छैटौँमा छ भने फिनल्यान्ड सातौँ, नेदरल्यान्ड आठौँ, स्विट्जरल्यान्ड नवौँ र आयरल्यान्ड दशौँमा छ।
अमेरिका १२ औँमा छ भने बेलायत १३ औँ। अर्थतन्त्रमा त अमेरिकाको झन् बिजोग छ। अमेरिका अर्थतन्त्रमात्रैमा २० औँ स्थानमा छ। यो एसिया र युरोपका देशहरुभन्दा धेरै पछाडि हो। सेफ्टी एन्ड सेक्युरिटीमा पनि अमेरिका २७ औँ नम्बरमा छ।
नेपाल उद्यमशीलता र अवसरमा निकै कमजोर छ। बाँकी विधामा भने नेपाल मिड लो स्टायटसमा छ। नेपाल (९६) ले सेफ्टी एन्ड सेक्युरिटीमा भारत (११४)लाई जितेको छ। त्यसैगरी शिक्षामा पनि नेपालले भारतलाई ७ अङ्कले जितेको छ भने स्वास्थ्यमा ६ अङ्कले।
केही विशेषता
• सबै कुरा मिलाउँदा नर्वेको स्थान सबैभन्दा माथि छ।
• अर्थतन्त्र विषयमा स्विट्जरल्यान्ड एक नम्बरमा छ।
• उद्यमशीलता र अवसरमा डेनमार्कले सबैभन्दा माथिको नम्बर पाएको छ।
• सुशासनमा स्विट्जरल्यान्डको स्थान शीर्ष हो।
• स्वास्थ्यमा एक नम्बर स्थान लक्जेमवर्गको छ।
• सेफ्टी र सेक्युरिटीमा आइसल्यान्ड सबैभन्दा माथि छ।
• व्यक्तिगत स्वतन्त्रतामा क्यानाडाको अङ्क सबैभन्दा बढी छ।
• सामाजिक पूँजीका हिसाबले नर्वे सबैभन्दा माथि छ।
पूरा तथ्याङ्क हेर्नुस्
अर्थतन्त्र, शिक्षा, सुशासन, स्वास्थ्य,
व्यक्तिगत स्वतन्त्रता, सुरक्षा जस्ता विषयलाई आधार बनाएर बनाइएको सूचिमा
यो वर्ष पहिलो पटक अमेरिका टप टेनबाटै बाहिरिएको छ।नेपाल यो वर्ष
अघिल्लो वर्षभन्दा १५ अङ्कले खस्किएर १०८ मा पुगेको हो। परार नेपाल ९१ मा
थियो भने सन् २००९ मा ८८ औँ नम्बरमा। नेपालभन्दा ५ अङ्कमाथि बंगलादेश रहेको
छ भने त्योभन्दा दुई स्थानमाथि भारत रहेको छ। नेपालभन्दा मुनि अधिकांश
अफ्रिकी राष्ट्र छन्। दक्षिण एसियाली देश पाकिस्तानको स्थान नेपालभन्दा
निकै मुनि १३२ मा छ। त्यसैगरी अफगानिस्तान उल्टोबाट तेस्रो (१४० औँ) छ।सम्पन्नताको सूचिमा स्क्यान्डिनेभिएन देशहरु शीर्ष स्थानमा छ। नर्वे पहिलो,डेनमार्क दोस्रो र स्वीडेन तेस्रो नम्बरमा छ। अस्ट्रेलिया चौथोमा छ भने न्युजिल्यान्ड पाँचौँमा छ।
क्यानाडा छैटौँमा छ भने फिनल्यान्ड सातौँ, नेदरल्यान्ड आठौँ, स्विट्जरल्यान्ड नवौँ र आयरल्यान्ड दशौँमा छ।
अमेरिका १२ औँमा छ भने बेलायत १३ औँ। अर्थतन्त्रमा त अमेरिकाको झन् बिजोग छ। अमेरिका अर्थतन्त्रमात्रैमा २० औँ स्थानमा छ। यो एसिया र युरोपका देशहरुभन्दा धेरै पछाडि हो। सेफ्टी एन्ड सेक्युरिटीमा पनि अमेरिका २७ औँ नम्बरमा छ।
नेपाल उद्यमशीलता र अवसरमा निकै कमजोर छ। बाँकी विधामा भने नेपाल मिड लो स्टायटसमा छ। नेपाल (९६) ले सेफ्टी एन्ड सेक्युरिटीमा भारत (११४)लाई जितेको छ। त्यसैगरी शिक्षामा पनि नेपालले भारतलाई ७ अङ्कले जितेको छ भने स्वास्थ्यमा ६ अङ्कले।
केही विशेषता
• सबै कुरा मिलाउँदा नर्वेको स्थान सबैभन्दा माथि छ।
• अर्थतन्त्र विषयमा स्विट्जरल्यान्ड एक नम्बरमा छ।
• उद्यमशीलता र अवसरमा डेनमार्कले सबैभन्दा माथिको नम्बर पाएको छ।
• सुशासनमा स्विट्जरल्यान्डको स्थान शीर्ष हो।
• स्वास्थ्यमा एक नम्बर स्थान लक्जेमवर्गको छ।
• सेफ्टी र सेक्युरिटीमा आइसल्यान्ड सबैभन्दा माथि छ।
• व्यक्तिगत स्वतन्त्रतामा क्यानाडाको अङ्क सबैभन्दा बढी छ।
• सामाजिक पूँजीका हिसाबले नर्वे सबैभन्दा माथि छ।
पूरा तथ्याङ्क हेर्नुस्
No comments:
Post a Comment