Tuesday, November 27, 2012

'कथा’ झरी फेरी दर्किन थाल्यो – दीप्स शाह

                                                आज फेरी त्यही झरीको रात छ..
भित्तामा झुण्डिरहेको घडीको एक तमासे टिक्-टिक् आवाज सङ्गै ल्यापटपको स्क्रिनमा घोत्लिरहेको छु । 
ओह ! धरररर्अर पानी दर्क्यो बाहिररात सुन्सान छ । 
झ्यालको फक्लेटोबाट हुत्तिएर दुइ-चार छिटा पानी म सम्मै आइपुगेको छ । 
मलाई एक्लै-एक्लै रुवाउन यो अन्धकार रातमा, उफ्फ्फ्फ यो दर्के झरीले मलाई जहिल्यै रुवाउँछ ।
 टिनको छानोमा बजारिएर झरेको बेफुर्सदी बलेसीको धारो, यात बारीमा मकैको पातबाट एकनासले आउने झरी सङ्गीतको कती मिठो सम्झना दिलाउँछ यो झरीले र सम्झनाको पाखोबारी छिचोल्दै कती उकुस-मुकुस, अतित बगेर जान्छ आँखाबाट । परदेशको झरीमा जेछ सब बिरानोपन छ, र त बाहिर आकाश रोइरहेछ, बादलको चित्कार सङ्गै, भित्र म रोइ रहेछु मौन मौन ,,, ।

झरीसंग गाँसिएका अनेक रमाइला नरमाइला घटना आँखामा एकै निमेषमा आइदिन्छन् । आमा ! तिमीलाई असाध्यै सम्झिन्छु हरबखत तर झरी परेको बेलामा डाँकै छोडेर रुन्छु । तिमी सम्झिन्छ्यौ अझै ! पक्कै सम्झेकी हौली, कतिपटक झरीको मौसममा म भिज्दै स्कुल जान्थेँ । कस्तो गरिबी थियो हगी ! म उस्तै मुर्ख थिएँ । खोलापारी सन्तेले कालो छाता ओढेको देखेर म कती रोएँ । तिमीले घरमा भएजति राम्रो र नयाँ प्लास्टीक ओढ्न दिँदा मैले रिसले च्यातचुत पारेर खोल्सीमा बगाइदिएको थिएँ । त्योपनि भर्खर किनेको युरिया मलको बोरामा आएको सबैभन्दा बाक्लो सेतो प्लास्टिक हगी ! तिमीले दुई मुड्की बजायौ तर म भिज्दै स्कुल गएँ । तीन रुपैयाँमा किनेको प्लास्टिक झोलामा किताब कपी ओते भयो । शरीर त पुरै निथ्रुक भिजेको हुन्थ्यो । दिनभरी यताउता टहल्दा अरु लुगा त कसो-कसो अख्रक्क पर्थ्यो, झरी र पसिना बसाउदै-गनाउँदै, तर दिनैभरी भित्री कट्टु सुक्दैनथ्यो । त्यो कुरा कि म बुझ्थेँ कि तिमी अनुमान नै गर्थ्यौर ? बेलुकी फेरी कपाल उखेल्थ्यौ अनी अगेनुको छेउमा बस् भनेर हपार्थ्यौ । अभाबका ति दिनहरुमा तिमीले पानी ओत्ने छाता किन्न सकिनौ तर ममताको छाताले संधै मलाई ढपक्क ढाकेर राख्थ्यौ आमा ! तर कती दिनसम्म म रिसाएर बोलिन तिमीसँग छाता नपाएको रिसमा । आज यो झरीको दर्काइमा, यो परदेशको शुन्य भित्तो हेर्दै तिमी सँग कुरा गर्दैछु आमा ! मलाई ढँटुवा नभन है !।

यो बिरानो माटोमा बस्न मलाई कहाँ पो रहर छ र ! यहाँ हरेक पाइलामा मन को परिन्छ । यो पराइ माटोहो आमा ! यो जतिसुकै बिशाल किन नहोस तर यसको फैलावट तिम्रो सानो पाठेघर जती पनी छैन आमा ! जसले अवर्णनिय अकल्पनिय पीडा सहेरै किन नहोस् चुपचाप मलाई स्थान दियौ । मलाई कुपुक्क पारेर च्यापेर राख्यौ । मलाई आफुमै अटायौ । यो माटोले त मलाई एक पलको लागि पनि सहंदैन, यदी मेरो पाखुरा र पिँडौला लुलो भयो भने । यहाँका मनहरुले एक निमेषको लागि पनि मलाई नियाल्न सक्दैनन् , यदी मेरो अनुहारमा योग्यताको झलक झल्किएन भने । यो तिम्रो जस्तो आँखाको दुनियाँ होइन आमा ! जो सिँगान पोतिएर, सुकेर अनी कट्कटिएर टाटेपाटे भएको मेरो बिक्रित अनुहारपनी निर्निमेष हेरि रहन्थ्यौ र अपूर्ब ममत्वले च्वाँक्क म्वाइ खान्थ्यौ । थाहाछ आमा ! यहाँत सडकमा म लख्रक-लख्रक लाचार पाइला चालिरहेको बेला चिल्लो गाडीमा हुइँकिने खस्रा मनहरु सङ्गै बेलाइते कुकुरले मलाई अपमानित हेराइ फाल्दै, कताहो कता बत्तिन्छ । यस्तो कठोर दुनियाँमा म कसरी रम्नु र किन तिमीलाई ढाँट्नु कि मघर आउँछु भन्दै र केवल भन्दै अनी नआउंदै ।

अस्ती बल्ल-बल्ल नेटवर्क टिपेको बेला भाग्यबस् लामो भलाकुसारी हुँदा तिमी ठस्कियौ फेरी पनि ढँटुवा भन्दै । त्याँको अग्ला चुच्चाघरले तानेर राख्यो तंलाई भन्यौ । त्यसो होइन आमा ! यि चुच्चा घरले मलाई तान्ने होइन किन्तु घोच्छन् मेरो स्वाभिमानी छातीमा तिखा सङ्गीन बनेर । यि अग्ला घरले केवल मेरो सगरमाथालाई खिस्याउँछन् । मैले घर नआउनलाई ढाँटेको होइन आमातिमी किन बुझ्दिनौ ?।
ओहो ! कतिबेर यसरी यो निर्जिब भित्तो हेरेर बर्बराएछु आमा संग । बरा !! किक्लिक्क बाडुली लाग्यो होला आमालाई । “भुत्तेले सम्झ्यो क्यारे !” भनिहोलिन् ।

…….तिम्लाई धेरै अरुकुरा ढाँटेकोछु । अफिसमा झाडुलाउने मात्रै हो, काम सजिलो छ भनेर सत्य लुकाएकोछु । नौ तल्ला जमिनमुनीको अंध्यारो कुनोबाट बोराका बोरा सामान बोकेर माथि ल्याउनुपर्छ । ८ घण्टा भनेर १३ घण्टा काममा दलाउँछ मदिसेले । कती रात त नसुतेरै बित्छ ‘पिँडुलाको मासु फर्केर’ । तर केगर्नु नगरि सुखै छैन । दिनभरी बसेर चम्चा पुछ्ने कामगरें, दिनैभरी गंगटो केलाउने काम गरेँ, ओहो ! त्यो बेला काम सजिलो भएपनी कस्तो घिन लागेको, मेरो त आन्द्राभुंडीनै बाहिर आउँला जस्तो उल्टी भयो र बरु यही बोरा बोक्ने काम गर्दैछु । तर तिम्लाई भन्यो भने रोएरै मर्छ्यौ । आको रिण नतिरी म कसरी फिर्नु । तिमीलाई फकाउन । उसोर ढाँट्नै परेको छ तर घर नआउनलाई होइन । त्यस बेलाको युरिया मलको प्लास्टिक च्यातेको सट्टा अब त्यो चुहिने छानो र पाली टिनले नै छाएर तिम्रो चाउरे अनुहार तन्किंदै हाँसेको हेर्न चाहन्छु आमा ! जब यहाँ झरी पर्छ मेरो आँखा यसरी बर्सिन्छ,, तिमी छेउमा हुँदिहौ त बग्थ्यौ यो भेलमा । अहँ त्यसो होइन तिमीले यो भेल बग्नै दिन्नथ्यौ । टालटुल पारेको फरियाको छेउले भएपनी यो भेललाई रोक्थ्यौ। तर ,,, तर अहिले रोकिने नामै लिंदैन……….।

ओहो ! म, फेरी पो मनोबादमा लागेछु । घडीको सुइले रातको १ टेकेछ । यही ल्याप्टप पनि नहुंदो हो त के गरी बिताउँदो हुँ यो नित्तान्त एकाँकी पलहरु ! पैसो आएकै छैन भन्दै आमालाई ढाँटेर यो एउटा खबटो किनेर मलाईत निकै राहत भएको छ । ति दिनमा यस्तै झरिमा बे-पर्बाह भिज्दै-भिज्दै आमाले पढाएले खाएको प्रतिफल सिर्फ यही ल्याप्टपमा भावनाका दुइचार कुरा कोर्ने काम त आएकोछ अहिले ! के काम लाग्यो मेरो त्यो कलेजको सर्टिफिकेट जो सावाँ अक्षर नचिन्ने मेरी आमाले हजार बार छातीमा टांस्दै म्वाइ खाएकी थिइन् । जबजब कुइन्टलका बोराले मलाई घ्याच्छ थिच्छन मलाई त्यो सर्टिफिकेटको हलुको पन् सँग नमिठो रिस उठ्छ । खैर, त्यसको पो के गल्ती थियो र ? ।  उफ्फ्फ, जिन्दगीको हिसाब किताब कहँनिर मिलेन । थर्मसमा पनि सेलाउनै लागिसकेको कालो चिया तुर्क्याउंछु ह्यान्डिल फुटेको कपमा। कती बेस्वाद हो चिया पनि ! ठ्याक्कै मेरै जिन्दगी जस्तो ।

झरी अलिक थामिएछ, मेरो पो ध्यानजती मनोलापमा गएछ । कर्कस मेघको गर्जनले तर्सिँदा हातको कप झन्डै खसेको । एउटा लामो उच्छ्वास फ्याँक्दै झ्यालको सानो चिर्कटो बाट तल डाउन टाउन भ्याली नियाल्छु । हावाको एक राक्षसी झोँकाले मलाई भित्रै दबाउन धकेल्छ । म अटेर गर्दै झ्याल तिर ठेस्सिन्छु । रात तन्किँदैछ भोलीको उज्यालो बिहानी लिन । म घडी हेर्छु जिन्दगीको पात्रो पल्टाउन । यो रातको गन्तब्य भोलीको उज्यालो हो रत सुलुत्त चिप्लिन खोज्दैछ । मके लिन कता तन्किउँ । कता चिप्लिउँ । जानत एकै तिर मन छ त्यही मेरो छानो चुहिने कटेरो तिर तर आमाको आँखामा म अरु भेल कसरी हेरुँ फेरी यस्तै दर्किने झरिमा भिजिने सन्त्रासङ्गै !

म रात संग असाध्यै डराउने मान्छे, कती पटक कट्टुमै सुसु छोडेको सम्झना छ रातको डरमा । अहिले मेरो रात संगको त्यो डर हराएको छ । आमा भन्ने गर्थिन ” उमेर सङ्गै बुद्दी आउंछ अनी डर भाग्छ । ” बुद्दीत आयो कि आएन तर डर भने भाग्यो । यती सम्मकी अहिलेत मेरो प्रिय समय र साथीनै यही नीरव रात भएको छ । उमेर सङ्गै बुद्दी आए पनी नआए पनी व्यबहारले गाँजेर समस्याहरुले अर्जाप्दा, अभाबले स्थान लिँदो रहेछ डरको सट्टा शायद त्यसैले उमेरको छिप्पट सङ्गै डर बसाई सर्दोरहेछ । अहिलेत मलाई रात सबसे प्यारो लाग्छ । ओहो ! कस्तो एकतमासको समय ! बतासको मनोमानी निकै भयो । अलिअली लोलाएको आँखाको निँद छिरलिसकेको छ उत्ताउलो बतासले यतिबेला । झ्यालको फक्लेटो बन्द गर्छु । र, थचक्क बस्छु कुइँक्क गर्ने कुर्सिमा उही खबटो ल्यापटपको अघिल्तिर लामो सुस्केरा, उसैको अनुहारमा फ्याँक्छु । अब यही खल्बलिएको मनको टिका-टिप्पणी उतार्छु ल्यापटपको छातीमा । रात बित्दैन सजिलै । दिन उसै, अनन्त लामो लाग्छ । 
उफ्फ ! यहाँ म मनोलाप अब लेख्छु खर्खरी र त्यसले रुपधारण् गर्नेछ एउटा अब्बल कबिताको, यात मन छुने कथाको । भोली बिहान सम्म सबैलाई ट्याग गरिसक्नेछु र ब्यग्र साहित्यानुरागीहरुले पढ्नेछन् । कमेन्टगर्नेछन् अनी दिनेछन मलाई अमुल्य उपमा, एक उदाउँदो साहित्यकारको । मलाई थाहाछैन यो साहित्यनै हो ? यामेरो गरीब जिन्दगीको दरिद्र दैनिकी । तर लेख्दैछु उही आत्मालाप यो झरिले रुझाएको मनको अतित सम्झना अनी उही पुरा नभएको वाचा, ” आमा ! अबको बर्खा, पहिल्यै म फिर्नेछु घर र यस पाली अवस्य छानोमा टिन लगाउनेछु । अब तिमीलाई रुझ्न दिनेछैन म, बर्खा पहिल्यै घरफिर्नेछु । “
मेरो कथा सकिनै लागेको छ । उ ! झरी फेरी दर्किन थाल्यो ।

                      Source:http://mulbato.com

Saturday, November 17, 2012

हाम्रा कति शेक्सपियरहरु पहाडमा हलो जोत्दै होलान्" - महाकवि देवकोटा


केहि खान मुग्लिनमा बस रोकियो, एउटा सानो केटो गीत गुन्गुनाउदै थियो,त्यही छेउको होटेलमा । म खान छोडेर निस्के अनि उसलाई उसलाई सोधे मेरो लागि कुनै गीत गाऊछौ ।

उसले हुन्छ भन्ने बित्तिकै साथीहरु क्यामेरा लिएर निक्ले ।

गीत गाएपछि रियाज गर्छौ भनेर सोध्दा "त्यस्तो ठाउँ नै छैन ।" भनेर उत्तर दिए उनले । जान्छौ त काठमाडौँ म संग । मैले भने "पढ्ने र रियाज गर्ने पैसा मेरो पकेट मनी बाट जसरी भए पनि मिलाउछु" । कति भन्दा पनि उसले मानेन । "तिम्रो नाम के हो" भन्दा प्रेम परियार हो भनेर जवाफ दिए । पछाडी खोला पारी बस्छु भनेर औलाले देखाए उनले । त्यसपछि हामी यो भिडियो र उसको सम्पर्क नम्बर लिएर घर फर्कियौ |

अनि, हजुरहरुसंग सानो अनुरोध गर्छु कृपया यो भिडीयोलाई सके सम्म धेरै सियर गरेर सहयोग गर्दिनुहोला |
More VDOS:

Source: YOUTUBE.COM      barred Timsina 


"'हाम्रा कति शेक्सपियरहरु पहाडमा हलो जोत्दै होलान्' भनेर महाकवि देवकोटाले त्यसै भनेका होइनन्।
कतै कुनै तालिन नलिएको यो नेपाली बालकको आवाजको मिठास, गायनमा रहेको सहजता, स्वरमा रहेको लचकता विरलै भेटिने प्रतिभा हो।
कुनै दिन यी भाई ठूलो गायक बनेको देख्न पाइयोस! यो भिडियो YouTube मा अपलोड गर्ने मित्रको जय होस्!"
 

 

 

 

 

·

Friday, November 9, 2012

TIHAR NIGHT WITH BIVEK SHRESTHA (KANDARA BAND)

Kandara IN sydney

             After success show at GNC Dashain and Tihar Cultural night, BIVEK SHRESTHA (KANDARA BAND) will again share the stage with sydney\\\'s Local Band 26th SUN with you all Sydney people on 10th Nov at Burdekin Hotel, 2 OXFORD Street Darlinghurst....
Lets celebrate Tihar with Bivek Shrestha and bring back some old good memories of his hits songs forever...



Also meet and greet personally with your all time favourite singer Bivek Shrestha and Dance with him at after party DJ session by DJ PRABIN, DJ SHYRUN AND DJ MAGG5

Entrance : $ 25

 Venue & Contact Information

Venue : Burdekin Hotel
2 OXFORD STREET, Darlinghurst, Sydney,
New South Wales

Contact Person : Jit Man Limbu 
Phone : 0434 493 000
Email : secretary@gnc.org.au

MOre SONGS:
                                                                     Kandara Songs

Wednesday, November 7, 2012

Pics Through My Camera Lens..


  Sometimes...

Sometimes i find my self thinking of you more then i should
but i wont stop my self even if i could
thinking about how i wish i could fell your kiss again
your warmth, your presence making me happy is this a sin
evertime i see you i want to show u how i fell
i want to hold you and show you what we had was real
i remember the first time you said i love you
and i said i love you too
you were there through the good and bad
you were there if i was mad or sad
because i could always count on you to make me smile
when u act like there is nothing between us it's just u in denial
but the truth is no matter what u still have such an impact on me
it just took me a while to see
that theres still a place for you in my heart
when ever we decide to began from a new start..

Mebourne city View Through My Camera Lens..


Celebration..

Dashain 2012

Massko Rome made Roti..

Time

Melbourne ..Garden

Nepali Food

Home Made Pasta..

View from Granvill St. sydney

Dreams

COffee

Harbour Bridge


Nepali food In one of the Neplese Restaurant In sydney.

@ Melbourne

Friday, November 2, 2012

सम्पन्नता सूचिमा नेपाल झन् खस्कँदै

सम्पन्नताको विश्वव्यापी सूचकाङ्कमा नेपालको स्थान विगत तीन वर्षमा लगतार खस्कँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ। लेगाटम इन्स्टिच्युटले वर्षेनी निकाल्ने यस्तो सम्पन्नताको सूचिमा विश्वका १४२ देश मध्ये नेपाल यो वर्ष १०८ औँ नम्बरमा परेको हो। 

अर्थतन्त्र, शिक्षा, सुशासन, स्वास्थ्य, व्यक्तिगत स्वतन्त्रता, सुरक्षा जस्ता विषयलाई आधार बनाएर बनाइएको सूचिमा यो वर्ष पहिलो पटक अमेरिका टप टेनबाटै बाहिरिएको छ।नेपाल यो वर्ष अघिल्लो वर्षभन्दा १५ अङ्कले खस्किएर १०८ मा पुगेको हो। परार नेपाल ९१ मा थियो भने सन् २००९ मा ८८ औँ नम्बरमा। नेपालभन्दा ५ अङ्कमाथि बंगलादेश रहेको छ भने त्योभन्दा दुई स्थानमाथि भारत रहेको छ। नेपालभन्दा मुनि अधिकांश अफ्रिकी राष्ट्र छन्। दक्षिण एसियाली देश पाकिस्तानको स्थान नेपालभन्दा निकै मुनि १३२ मा छ। त्यसैगरी अफगानिस्तान उल्टोबाट तेस्रो (१४० औँ) छ।


सम्पन्नताको सूचिमा स्क्यान्डिनेभिएन देशहरु शीर्ष स्थानमा छ। नर्वे पहिलो,डेनमार्क दोस्रो र स्वीडेन तेस्रो नम्बरमा छ। अस्ट्रेलिया चौथोमा छ भने न्युजिल्यान्ड पाँचौँमा छ।

क्यानाडा छैटौँमा छ भने फिनल्यान्ड सातौँ, नेदरल्यान्ड आठौँ, स्विट्जरल्यान्ड नवौँ र आयरल्यान्ड दशौँमा छ।
अमेरिका १२ औँमा छ भने बेलायत १३ औँ। अर्थतन्त्रमा त अमेरिकाको झन् बिजोग छ। अमेरिका अर्थतन्त्रमात्रैमा २० औँ स्थानमा छ। यो एसिया र युरोपका देशहरुभन्दा धेरै पछाडि हो। सेफ्टी एन्ड सेक्युरिटीमा पनि अमेरिका २७ औँ नम्बरमा छ।

नेपाल उद्यमशीलता र अवसरमा निकै कमजोर छ। बाँकी विधामा भने नेपाल मिड लो स्टायटसमा छ। नेपाल (९६) ले सेफ्टी एन्ड सेक्युरिटीमा भारत (११४)लाई जितेको छ। त्यसैगरी शिक्षामा पनि नेपालले भारतलाई ७ अङ्कले जितेको छ भने स्वास्थ्यमा ६ अङ्कले।
केही विशेषता
• सबै कुरा मिलाउँदा नर्वेको स्थान सबैभन्दा माथि छ।
• अर्थतन्त्र विषयमा स्विट्जरल्यान्ड एक नम्बरमा छ।
• उद्यमशीलता र अवसरमा डेनमार्कले सबैभन्दा माथिको नम्बर पाएको छ।
• सुशासनमा स्विट्जरल्यान्डको स्थान शीर्ष हो।
• स्वास्थ्यमा एक नम्बर स्थान लक्जेमवर्गको छ।
• सेफ्टी र सेक्युरिटीमा आइसल्यान्ड सबैभन्दा माथि छ।
• व्यक्तिगत स्वतन्त्रतामा क्यानाडाको अङ्क सबैभन्दा बढी छ।
• सामाजिक पूँजीका हिसाबले नर्वे सबैभन्दा माथि छ।

पूरा तथ्याङ्क हेर्नुस्

                                                                                                                    Source:www.mysansar.com