Sunday, August 5, 2012

विद्युतीय संसर्गका सार्कीहरु


-उपेन्द्रराज चित्रकार

ब्रीडिंग स्टेटमा मस्त पदार्थहरु
 विन्तरका चरमसुख भोग्दैछन 
अभिमानका रीलेतिव दर्जीहरु
 बिछोडका कैचिहरु चलाउदैछन् ..च्याट च्याट च्याट....


सम्बन्धका सिरकहरु तन्ना हुदै
 रुमाल अनि पोछा बन्छन 
नेपथ्यमा मियोसिस प्रकियाहरु
एक पछी अर्को निरर्थक हुन्छन...फ्यात फ्यात फ्यात 


अभिशप्त तृष्णाहरु सिरानिदेखी
पलंग,बिस्तार हुदै शौचकक्ष पुग्छन 
भर्चुअल निलिमाका रंगीन तस्बिरहरु
विद्युतीय चित्रकारहरु कोर्छन...सत् सत् सत् ...


यान्त्रिक क्लोनहरु बिद्रोहका क्रिडामा मस्त
 पर्पेचुअल रेप्लिका, सुसज्जित र ध्वस्त 
हाईब्रिड सम्भोगहरु छन् DNA हीन 
संसर्गका सार्कीहरु टाँका काट्न तल्लीन..टक टक टक....

No comments:

Post a Comment