( बिगत का ति दीन हरु === )
-उपेन्द्रराज चित्रकार
-उपेन्द्रराज चित्रकार
ढ्याम ! ढ्याम !! ढ्याम ...!!!
लगातार ५,६ पटक यस्तो आवाज़ आइरह्यो......
एक छिनमा
गाउँ भरि कोलाहल मच्चियो....के भो भनि २ पाइला के सरेका थिए काफ्लेको आलो
शरीर खेत को आली मै रहेछ.... काफ्लेका बाबु छाती पिटेर रुनु थाले..ए
बाबु..यो भयो नि !!!!!!उमेरले २२ पनि नकाटेका...१० जोड २ उतिर्ण भई सेनामा छिरेका.....भर्खरै तालिम सिध्याएर गाउँ फर्किदै रहेछन..कसले सुराक दिएछन कुन्नि???
सुन्नमा के सम्म आएको थियो भने एकै घरका दुइ भाई दुइ भिन्न सेना मा थिए रे......
कसको खेलौनाको शिकार को हुने तय थिएन....... अजिब थियो २०५९ सालको नेपाल........

सहरमा
दरबारमा भएको घटना सेलाएको थिएन...कालिकोटमा निलो पोशाकका करिब ६०-७० लाश
थुपारिएको थियो...सिन्धुलीमा ७जना को सफाया भयो रे..." SEEK N DESTROY
"...मर्नेहरुमा सबै स्कुले छात्रहरु रहेछन...सरकारी पोशाकको निशाना र आँखा
अचुक रहेछ...छात्र र छापामार पनि छुटाउनु सकेनन..............
डालामा मुन्ग्फली र काफल बेच्ने हल्दार बूढाले एक्कासी मानाको १० रूप्पे बढाए रे...."जंगलमा काफल टिप्ने दिनहरु गए..आफ्नै खेता फलेकाहरु मात्रै छन्...महँगो त हुने नै भो नि", बूढा भन्छन....
जंगलमा काफल टिप्ने मात्र होइन गाईबस्तु चढाउनु जाने नि दिन थिएन... कि गाईबस्तु गायब हुन्थ्यो ..कि त गोठाला नै....खेलौनाबाट निस्केको काफल खाएर जंगलमै चिर निन्द्रामा परेका हरु पनि कम थिएनन्...के जानुन निमुखाहरुले कुन काफल गेडीमा कहिले कसको नाम लेखेको हुनेछ ...........
दिनभर काफल गेडीको डर, रात परेपछि को, कहिले घर छिरेर के गर्ने डर??????
कुनै रात अर्धहरित पोशाकका हरु आइ सब राशन लुटेर लान्थे...कहिले निलो र हरियो पोशाक ले मध्ये रात मा खानतलाशी गरेर धुत्तो हुन्जेल मालिश गरेर जान्थे......
गाउँमा चलिरहेको पोशाक-पोशाक बीच को द्वन्दमा सादा पोशाकका निमुखाहरु को चैन उडेको थियो...
सुनेको थिए अस्ति सदरमुकामबाट ७कि.मि. पश्चिममा रहेको घरमा बास माग्नु आएछन रे...भोलि पल्ट खानतलाशी गर्नेहरुनि आए रे...भर्खरै १६ वर्ष टेकेकी फुलनवा लै बिगारेर गाका रहेछन........
बित्यास ..."के सुन्ने र के हेर्ने दिन बाकी रह्यो" मुखिया बिहान बिहान च्याठिन्दै थिए....
मुखियाका छोरा नै थिए लप्टन काफ्ले जो अघि भर्खर आलीमा ढलेर अन्तिम सांस फेर्दै थिए.......
काफ्लेको पार्शिव शरीर छेउकै खोलामा लगेर अन्तिम किरिया गरियो...खोलाको अर्को किनारमा एउटी सानी केटि केहि कुरा पखाल्दै थिइ...अर्धहरित पोशाक रहेछ...रगतका दागहरु होलिन पखाल्दै गरेकी....छेवैमा सानो चिटिक्क परेको खेलौना नि रहेछ...दागहरु पखाली खेलौना कम्मरमा भिडेर..जुरुक्क उठ्छिन..अनि काफ्लेको बलेको लाशलाई हेर्दै आफ्नो दाहिने हात मुठ्ठी बनाएर आकाश तिर फिजाउदै बोल्छिन " लाल सलाम"
नजिक बाट आफ्नो क्यामेराको लेन्स तन्काएको छु..अनि त्यस केटिलाई आफ्नो क्यामेरामा कैद गर्दा-गर्दै...उनले जवाफी प्रतिक्रियामा एक गोलि छोडिन..कानको छेवैबाट गएको भान हुन्छ...कुदेर डाँडातिर भाग्छु...मलामी हरु पनि भागाभाग हुन्छन........
भोलि बिहानै बस समातेर सहर छिरुन्जेल रेडियोले समाचार फुकेको हुन्छ..." गए राती भएको माओबादीको कारबाहीमा उप-सेनानी सार्थक काफ्लेले वीरगति प्राप्त गरेका छन्......."
पोशाक-पोशाकको द्वन्दमा मेरो भित्रि मानवपनि कभी कभी जान-अन्जान रूपले सामेल भएकोछ....
ल्याबमा बसेर द्वन्द भित्र को अन्तर-द्वन्दसंग आफैले गरेको द्वन्द सम्झिदै गर्दा तस्बिरले पूर्ण रुप लिन्छ.......काफ्लेलाई काफल ख्वाउने कोहि नभई फुलान्वा रहेछिन....फेरी एक चोटी तस्बिर हेर्छु...अनि च्यातचुत गरेर मिल्काई दिन्छु....ल्याबमा २ महिना पुरानो कान्तिपुर छ....
हेडलाईन........सेनाको शिकारमा किशोरी...इन्सेटमा फुलान्वाको माया लाग्दो तस्बिर थियो......
आखिरमा निमुखाले नचाही नचाही रोजाई को खेलौना (Weapon of Choice ) उठाउन बाध्य भयो...........
निमुखाको खेलौनाले के कस्तो न्याय गर्ने हो??????????????
खेलौना आफैले बताउने छ !!!!!!!!!!!!!!!!!!!
No comments:
Post a Comment