Thursday, March 25, 2010

NEWS SYDNEY....

अस्ट्रेलियाको एक चर्चित कलेज अस्टेक इन्स्टिट्युट बन्द ,---3 सय नेपाली सहित १ हजार अन्य विध्यार्थिहरू प्रभावित ---
न्युज सिडनी
विगत लामो समय देखि आफ्नो उच्च प्रतिस्ठाका साथ सन्चालन हुँदै आएको "अस्टेक ईन्स्टिच्युट फर द फर्दर एजुकेशन "नामको कलेज
आर्थिक संकटका कारण दर्शाइ यहि मार्च १९ शुक्रवार राती देखि बन्ध हुन पुगेको छ। करिव २ दशक देखि सन्चालनमा आएको सो कलेज मा हाल करीव १ हजार को सँख्यामा विध्यार्थिहरू अध्ययन गर्दै आईरहेका थिए। जसमध्ये नेपाली विध्यार्थी हरूको सँख्या पनि ३ सयको हाराहारिमा रहेको छ। स्किल माइग्रेशन सम्बन्धी परिवर्तित नयाँ नियमका कारण नयाँ विध्यार्थी भर्ना हुन नआएका र पुरानाहरूले डिमान्ड लिस्टमा(एमोडिएल) परिवर्तन हुने हल्ला चल्ना साथ शुल्क नवुझाएका कारण आफुहरू गम्भिर आर्थिक संकटमा परेकोले यसरी बन्ध गर्नु परेको कलेजका प्रमुख कार्यकारी अधिकारी खडक सिंह वाज्वाले असनेपालनेपालन्युज सँग टेलिफोन वार्ता गर्दै बताएका छन।


विध्यार्थी विचल्ली सम्बन्धी जिज्ञासामा बाज्वा भन्छन- " सबै विध्यार्थिलाई हित हुने गरी सबैको ठेगानामा प्रमाणपत्र प्रेषित गर्दैछु, त्यसैले उनिहरूलाई कुनै घाटा हुने छैन बरु निर्धारित समय भन्दा पहिल्यै उनिहरूले आफ्नो सर्टिफिकेट पाउने छन, हामीले सबैलाई इन्स्युरेन्स कम्पनी सँग क्षती पुर्ती माग्न मिल्ने गरी विल भौचर हरू पनि प्रेशित गरेका छौ। यदी कसैलाई अझै असजिलो परेमा अन्तिमा समय सम्म पनि हामी सहयोग गरी नै रहने छौ। " सो कलेजले बन्द गर्नु पुर्व सरकार समक्ष बच्चाउका लागि प्रधानमन्त्रिको कार्यालय अपिल समेत गरेको तर यसवाट पनि कुनै सहयोग नमिले कोले बन्ध गर्नु पर्ने भएको जानाएको छ। एक वर्ष अगाडि सम्म अस्ट्रेलियाको "टप १०० उद्द्योग मध्एको एक " भनेर सुचित भएको सो कलेज समेत बन्ध हुनुले अस्ट्रेलियामा कलेज सन्चालन गरिरहेका साना पुंजिका उद्द्योगी हरूलाई शसङ्कित पारेको छ। सो कलेजमा अध्ययन रत एक विध्यार्थी रमन कौर भन्छन - हामीले पुरा शुल्क तिरेका थिएनौ तर पनि कोर्ष सकिएको सर्टिफिकेट पाइने सुनियो तर आफुले अध्ययन गरेको कालेज एकाएक बन्ध भएको देख्दा हामी अन्योलमा परेका छौ। " सो कालेजले शुक्रवार साँझनै विध्यार्थी हरू सँग क्षमा माग्दै सबैको आइ मेल ए ड्रेसमा संकटकालिन जानकारी सर्कुलेट गरेको विद्यार्थिहरूले बताएका छन।सोमबार बाटै सो कलेजको लिक्विडेशन प्रकृया चल्ने बाताइएको छ।सो कलेजमा हस्पिटालिटी विषयमा अध्ययनरत करीव १ हजार विध्यार्थिहरूको पुरा पढाई सकिन ३ देखि ४ महिना मात्र वांकी रहेको थियो तर सबैलाई अध्ययन सममाप्तिको प्रमाणपत्र वितरण गरिने कलेज प्रमुखले आश्वासन दिलाएको विध्यार्थिहरूले जनाएका छन।
शुक्रवार साँझ देखि नै कलेजमा सुरक्षाको प्रत्याभुतिका लागि सुरक्षा कर्मीले पहरा दीईरहेका छन। कलेजमा ४ नेपाली शिक्षक सहीत अन्य ४० कर्मचारीहरू कार्यरत थिए। अस्ट्रेलियामा यस अघि २००९मात्र १० कलेज बन्द भएका थिए जसबाट हजारौ विध्यार्थी अलपत्र परेका थिए। अजमाइग्रेशन को लिका माइग्रेशन एजेन्ट सन्जिव रोय भन्छन-'परिवर्तित माइग्रेशन नियमले गर्दा विदेशी विध्यार्थिमा निर्भर प्राय सबै कलेजलाई अव ठुलो चुनौती हुने देखिन्छ ,विध्यार्थिहरूले भर्ना गर्दा अत्यन्त सजग हुने बेला आएको छ अव " ।

No comments:

Post a Comment