Sunday, April 19, 2009

Nepal: Nepali



मेरो गन्तव्य हो।

मैले क्रान्तिका खोक्रा नारा कति खोकें।
कति सोझा सीधा किसान र मजदुरलाई सपना बाँडे।
उ हेर मेरो गन्तव्य आर्यघाटमा पुग्यो।
मैले बन्दुक बोकाएँ सपना बाँडेर।
मैले रगतको भल बगाएँ सपना बाँडेर।
उ आज मात्र म मेरो लक्षमा पुगें।
हेर त मेरो गन्तव्य।
यो गन्तव्यमा पुग्न पनि लावालस्कर लगाएँ।
गन्तव्यमा पुग्नु अघि पनि लावा लस्कर लगाएँ। Italic
आज मेरो क्रान्तिले पुर्णता पाएको छ।
आज म मेरो गन्तव्यमा पुगेकोछु।
बधाइ छ मलाइ
आर्यघाट मेरो गन्तव्य हो।
तिमि कसैले नपाएको गन्तव्य मैले पाएको छु।
तर इर्ष्या नगर। म पुगेको अन्य गन्तब्यमा तिमी नपुगौला।
म यहींबाट कसम खान्छु।
म पुगेको यो गन्तव्यमा तिमी सबैलाइ पुर्याउँछु।
क्रान्ति पुरा गरी छाड्छु।

No comments:

Post a Comment